१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले नेता शाह राप्रपा नेपाल प्रवेश

३ पुस, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्द विक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेका राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

जाजरकोटका शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन बिना अवस्था परिवर्तन नहुने बताए । नव प्रवेसी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार २१:१८