वन ओ वन कम्पनीले आइपीओ निष्कासन गर्ने
३ पुस, काठमाडौं । वन ओ वन कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन प्रस्तावसहित कम्पनीले पुस २५ गते१२ औं वार्षिक साधारण सभा आव्हान गरेको छ।
सभा काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा उक्त दिन दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
प्रकाशित मिति : 17:55









