हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारभन्दा बढीकाे आवेदन, भर्ने सबैले १० कित्ता पाउने
२ पुस, काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने सबैले १० कित्ता सेयर पाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् । जसअनुसार उक्त आबेदनबाट ६ अर्ब ३६ करोड ६३ लाख ४ हजार ४२० रुपियाँ बराबरको सेयर माग भएको छ ।
यसरी हेर्दा भर्ने सबैले १० कित्ताका दरले सेयर पाउने र केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।
गत मंसिर २७ गते सर्वसाधारणका लागि निष्कासन गरेको उक्त कम्पनीले आईपीओमा मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आइतबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गरिएको बताएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 18:56









