१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पाँच लाख घूससहित एमाले नेता समेत रहेका वडाध्यक्ष कार्की पक्राउ

२ पुस, बारा । जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित आज पक्राउ परेका हुन्  ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १८:२७