मध्यपहाडी लोकमार्गमा तीन वर्षमा कुनै सुधार देखिएनः प्रा डा पुष्प कडेँल
२ पुस, काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा पुष्प कँडेलले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई वर्तमान सरकारले सकारात्मक नजरले हेर्न नसकेको ठहर गरेका छन । एमालेको झुलाघाट चिवाभञ्ज्याङ यात्रा सकेर काठमाडौँ फर्किने क्रममा रहेका कडेँलले सामाजिक सञ्जाल मार्फत सरकारले केही नगरेको बताएका हुन ।
योजना आयोगको उपाध्यक्ष हुँदा लोकमार्गको सबै जसो सडकको यात्रा गरेका कडेँलले तीन वर्षमा १० प्रतिशत पनि सुधार हुन नसकेको बताएका छन । उनले भनेका छन, ‘करिब तीन वर्ष अगाडि पनि पटकपटक गरी पुष्पलाल मध्यपहाडि लोकमार्गको भ्रमण गरेको थिएँ । त्यतिबेला जुन अबस्थामा थियो अहिले पनि उस्तै रहेछ । दश प्रतिशत पनि प्रगति छैन । धन्न गठबन्धन सरकारको बिकासको गति । दिन काट्ने काल पर्खने ।’
प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०८:०२