९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

२९ मंसिर, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिहीबार बाँडफाँड भएको छ । कम्पनीकाे हकप्रद सेयर धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय ज्ञानेश्वरमा बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ७ करोड १० लाख २८ हजार ५३० कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।

बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १८ देखि असोज २२ गतेसम्म १० करोड ५९ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १२:०४