संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने
२९ मंसिर, काठमाडाैं। संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावका लागि आगामी पुस २१ गते साधारण सभामा बाेलाएकाे छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासन पछि प्राप्त हुने रकम उपयोगबारे छलफल हुने छ। साथै, सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरि पारित गर्ने र सञ्चालक समिति चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रकाशित मिति : 12:00









