२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन

२९ मंसिर, काठमाडाैं। हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा ७ लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा कम्पनीकाे आईपीओमा ७ लाख ३३ हजार ६६ जनाले २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ बराबरको १ करोड ३२ लाख ५१ हजार ५१० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।

उक्त आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेकाे छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र मेरोसेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : 09:36