१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनिन सेवा लम्साल

२८ मंसिर, काठमाडौँ । सेवा लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनेकी छिन । मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा लम्साललाई बढुवा गर्ने निर्णय गरेसँगै उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनेकी हुन । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बिहीबार जानकारी दिइन ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १८:१७