१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

धनकुटा पुगेका एमाले अध्यक्ष ओलीमाथि महेशले हाने मुक्का (भिडियो)

२९ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि मुक्का प्रहार भएको छ । मध्य पहाडी राजमार्गमा संकल्प यात्राको क्रममा धनकुटा प्रवेश गर्नेक्रममा ओली माथि मुक्का प्रहार भएको भिडियो नै सार्वजनिक भएको छ । ओली माथि मुक्का प्रहार भएको भिडियो भने उनी धनकुटाको कार्यक्रम सकेर तेह्रथुमको समेत सभा सकिने समयमा सार्वजनिक भएको छ ।

धनकुटाको लेगुवामा महेश राईले मुक्का हानेको भिडियोमा देखिन्छ । यद्यपी उनले हानेको मुक्का ओलीलाई लागेको छैन । ओली माथि मुक्का हान्ने महेश त्यसपछि एमाले कार्कयर्ताको मुक्का खाँदै प्रहरी नियन्त्रणमा परेका छन । उनले मुक्का हान्नुको कारण खुलेको छैन । एमालेले भने यो विषय गुपचुप राख्न चाहेको देखिएको छ । महेशले ओलीमाथि मुक्का हानेको भिडियोमा प्रष्टै देख्न सकिन्छ ।

यता एमालेको केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका पत्रकार राजेश राइले महेशले मुक्का हानेको नभइ हुत्तिएको दाबी गरेका छन । उनले ओलीको स्वागतमा बसेको मापसे गर्दा समस्या भएको बताएका छन । राईले मुक्का हान्ने महशेले प्रहारीले गाडीमा हाल्ने समयमा पनि नेकपा (एमाले) जिन्दवाद ! केपी ओलीलाई भेट्न् पाउनु पर्छ ! भन्दै नारा लगाएको बताएका छन । मुक्का हानेको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १७:१२