सेयर बजारमा झिनो अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
२८ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार आठ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सोनापुर मिनिरल्सकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १५:२५












