१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

बुद्धभूमि नेपाल हाइड्रोले १५० प्रतिशत हकप्रद निश्कासन गर्ने, बालायो साधारणसभा

२८ मंसिर, काठमाडाैं । बुद्धभुमि हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रस्ताव राखेर साधारणसभा बोलाएको छ। कम्पनीकाे १५ औँ साधारण सभा पुस २० गते काठमाडाैंकाे भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे  बस्नेछ ।

कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव अधि सारेका छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि विद्युत नियमन आयोग र धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति माग्नुपर्ने छ। यी दुई निकायबाट हकप्रद स्वीकृत भएपछि कम्पनीले सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन गर्ने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ पुस ५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १०:४६