दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?
२८ मंसिर, काठमाडाैं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। नबिल बैंक र नेपाल एसविआई बैककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।
यी दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाका छन् । यसकाे अर्थ बिहीबारसम्म कायम सेयरधनीले मात्रै यी बैंकहरूले वितरण गर्ने लाभांश पाउने छन्।
नबिल बैंकले गत आर्थिक वर्षको मुनापमबाट ११ प्रतिशत नगद लाभाँश प्रस्ताव गरेको छ भने नेपाल एसविआई बैकले ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १०:०१