२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

२८ मंसिर, काठमाडाैं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै ३ लाखभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझसम्म ३ लाख ३७ हजार ९६४ जना आवेदकले १ अर्ब २४ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरकाे  कुल ६० लाख ३० हजार ७८० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र मेरोसेयर सफ्टवेयरबाट पनि आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : 09:39