१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?

२७ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीकाे मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल इन्सुरेन्स र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हाे ।

नेपाल इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९५ रुपैयाँ ४५ पैसा  हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिमा कारोबार मूल्य ८७५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हाे ।

मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३९० रुपैयाँ ८७ पैसा हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिमा कारोबार मूल्य ४२८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हाे ।सोही मूल्यको आधारमा यी कम्पनीहरुको सेयर बिहीबारबाट कारोबारमा आउने छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १७:०४