९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

घरजग्गा कारोबार र सेयर बढ्न थालेको छः अर्थमन्त्री महत

२७ मंसिर, काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर घरजग्गा कारोबार र सेयर बजारमामा देखिएको बताए । अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन्।

उनले भने, ‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले सकारात्मक संकेत दिएको छ।’ उनले पूँजीगत खर्च गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको बताउँदै राजस्वमा पनि क्रमशः सुधार आएको बताए ।

हालसम्म भन्सार महसुल १३ प्रतिशतले बढेको, मूल्यअभिबृद्धि कर ७.१९ प्रतिशत र आयकरमा समेत १२ प्रतिशतको बृद्धिले आर्थिक क्रियाकलापमा सुधार देखिएको उनले बताए । साथै अहिले अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेको बताउँदै अर्थमन्त्री महतले २०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको जानकारी दिए।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १३:०२