गरिमा विकास बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?
२७ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले घटाएर ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज मंसिर २७ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म रहेकाे छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।रेमिट्यान्स खातामा भने बैंकले ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशत ब्याजदर रहेकाे थियाे ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ११:३५