३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि जारी, प्रतिकित्ता मूल्य कति ?

२७ मंसिर, काठमाडाैं। हिमालयन रि इन्स्योरेन्सले आज (मंसिर २७ गते बुधबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे छ ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थपेरर प्रतिकित्ता २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

उक्त आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेकाे छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र  मेरो शेयर सफ्टवेयरमा गएर समेत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : 09:15