सेयर बजारमा उत्साह, दोहोरो अंकले बढ्दा ४ अर्ब ३० करोडको कारोबार
२६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ ।
मंगलबार २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार १३ उपसूचक नै हरियाली लागेका छन् ।
प्रकाशित मिति : 15:09









