१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माछापुच्छ्रे बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर

२६ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेकाे छ । बैंकले आज मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ ।

साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ११:२३