बसको ठक्करबाट एकको मृत्यु
१ चैत, कञ्चनपुर । कञ्चनपुरमा भारतको नयाँ दिल्लीदेखि काठमाडाँैतर्फ गइरहेको बसको ठक्करबाट हिजो राति भीमदत्तनगरमा एक पैदल यात्रुको मृत्यु भएको छ ।
नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाँै गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले ठक्कर दिँदा दार्चुलाको महाकाली नगरपालिका का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको छ ।
मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १३:२८