आईपीओमा १० कित्ते नीति हटाउने तयारीमा धितोपत्र बोर्ड, बन्यो समिति
२५ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) आईपीओको १० कित्ते नीति हटाउने तयारी गरेको छ । १० कित्ते नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको छ । सदस्यहरूमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।
समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १० कित्ते आरक्षण नीतिमाथि पुनरावलोकन हुनेछ । बोर्डका अध्यक्ष रमेश हमालले समेत १० कित्ते नीतिले पूँजी बजार विकृति फैलिएको बताउदै आएका थिए । तर, १० कित्ते प्रावधान हटाउने विषयमा व्यापक विरोध भएको थियो । उनले आफ्नै कार्यकालमा उक्त कार्य गर्ने तयारी गरेका हुन् ।
प्रकाशित मिति : 15:07









