३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बुधबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै हिमालयन रि इन्स्योरेन्स, यस्तो छ मूल्य

२५ मंसिर, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २७ गते बुधबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ जारी गरी  बाँडफाँड समेत गरीसकेको छ । अब अगाममी बुधबारदेखि भने सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा आईपीओ जारी गर्नेछ  ।कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँड भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि पुस १ गतेसम्म आवेदनदिन सक्नेछन् । तोकिएको उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : 14:00