अकामा होटेलले आईपीओ निष्कासन गर्ने
२५ मंसिर, काठमाडाैं। अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते अपरान्ह २ बजे रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडाैंमा साधारणसभा बोलाएको छ ।
सभाले आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,चालु आव २०८०/ ०८१ को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : 12:49









