१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा तीव्र उतारचढाव, एक घण्टामै कारोबार २ अर्ब नाघ्यो

२५ मंसिर, काठमाडौं । सेयर बजारमा तीव्र उतारचढाव आएको छ । अघिल्लो कारोबारको दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो कारोबारको दिन सोमबार भने तीव्र उतारचढाव देखिएको हो । १०स्३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्‍यो । पुन ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लागेकाे छ । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ । १२ बजेसम्ममा २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १२:२३