भगवती हाइड्रोपावर घोषणा गर्यो लाभांश, बोलायो साधारणसभा
२५ मंसिर, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्तापूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
सोही प्रस्ताव पारित गर्न कम्पनीले २३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान १० बजे साधारणसभा बोलाएको हो ।
त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्ने छ ।
लाभांश सभम प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ पुस ४ गतेसम्म नेप्सेमा काराेकार भइ कायम रहने सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ११:३४












