शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओले लिए १ करोड १२ लाख तलब
२४ मंसिर, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले १ करोड १२ लाख तलब लिएका छन् । सीईओ पौडेलले गत आर्थिक वर्षमा १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ तलब लिएका हुन् ।
सीईओ पौडेललाई बैंकले आर्थिक वर्ष २०७९/०८० मा तलब, भत्ता, बोनस, सञ्चयकोष तथा बिदा वापतको तलब समेत गरी १ करोड १२ लाख १३ हजार ९०४ रुपैयाँ भुक्तानी गरेको हाे । साथै, बैंकले गत आर्थिक वर्षमा विभिन्न भत्ता बापत ३० लाख ७६ हजार ३८२ रुपैयाँ खर्च गरेको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १७:३४