नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरी ४० मिनेटको लागि कारोबार स्थगित
२४ मंसिर, काठमाडाैं । नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।
बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से सूचक २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि करिब २ मिनेटमै पुनः सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगन गरेको छ ।
अब नेप्सेमा १२ बजेर ७ मिनेट २९ सेकेन्डमा पुन सेयर कारोबार खुल्ने छ। पुनः बजार ६ प्रतिशतले बढ्यो भने आजका लागि सम्पूर्ण कारोबार स्थगन हुने नियम छ ।
प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ११:४६












