३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

तीन कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

२४ मंसिर, काठमाडौं । एकै दिन तीन कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् ।

१) साना किसान विकास लघुवित्त

साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२) आईसीएफसी फाइनान्स

आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

३) चिलिमे जलविद्युत कम्पनी

चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो ।

प्रकाशित मिति : 11:31