हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
२४ मंसिर, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकाे छ ।
क्यापिटलका अनुसार आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ८ जनाको आवेदन रद्द भएको छ । योग्य कायम भएका ३२ हजार ५६ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।
प्रकाशित मिति : 11:11









