१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

साना किसान विकास लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

२४ मंसिर, काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १०:४७