१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

चिलिमे जलविद्युतले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२४ मंसिर, काठमाडौं।चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा षरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो ।

प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । लाभांश पारितका लागि कम्पनीले आगामी पुस २० गते साधारणसभा बोलाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १०:१३