१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नागढुंगाबाट २ किलो सुन बरामद, ३ जना पक्राउ

२२ मंसिर, काठमाडाैं ।  काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हाे ।

रसुवाबाट काठमाडौं आउँदै गरेको स्कार्पियोबाट प्रहरीले दुई किलो सुन बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । यस बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १३:०४