१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

आन्तरिक रेमिट्यान्स खोल्ने राष्ट्र बैंकको घोषणा

२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने घोषणा गरेको हो ।

‘ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ‘ समीक्षामा भनिएको छ । गत वर्षको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ मार्फत माघदेखि राष्ट्र बैंकले हुन्डीलगायतका कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबार हटाएको थियो । त्यसअघि राष्ट्र बैंकले २०७८ फागुनदेखि आन्तरिक रेमिट्यान्स कारोबारमा १ लाखको सीमालाई घटाएर २५ हजार बनाएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:२३