२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

राष्ट्र बैंकले घटायो नीतिगत दर, अब बैंकहरुको ब्याजदर घट्ने

२२ मंसिर, काठमाडाैं। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय नीतिगत दरहरुलाई चलाएको हो ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

प्रकाशित मिति : 11:18