१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउछन् लाभांश ?

२२ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले पुस १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०९:३२