१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा झिनो अंकको सुधार, १ अर्ब १४ करोडको कारोबार

२० मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ दशमलब ४ विन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार आएपनि आज कारोबार रकम भने घटेको छ । आज एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।

बुधबार सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १५:१२