२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

कर्जाको ब्याजदर अझै घट्छ, कर्जा लगानी अब बढ्दै जान्छः राष्ट्र बैंक

२० मंसिर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर अझै घट्दै जाने र कर्जा लगानी बढ्दै जाने बताएको छ। बुधबार राष्ट्र बैंकले अर्थ समितिमा भएको छलफलमा यस्तो बताएको हो।

चालू आर्थिक वर्ष २०८०/ ०८१ मा बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशतमा झरिसकेको बताएको छ। बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लगेकाले कर्जाको ब्याजदर थप घट्ने राष्ट्र बैंकले जनाएको हो।

यसैगरी पछिल्लो समय तरलतामा आएको सुधार र घट्दै गएको ब्याजदरले गर्दा कर्जा प्रवाह बढ्दै जाने बताएको छ।

प्रकाशित मिति : 14:52