नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा
२० मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । कम्पनीले मंसिर १० देखि मंसिर १३ सम्म सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । यी मध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । भने ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड गरीएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा कुल १ लाख १४ हजार १ सय २५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएको छ।
कम्पनीकाे आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि बिक्री प्रबन्धकको वेबसाइट https://himalayancapital.com/मेरो सेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, र सिडिएसको वेबसाइट http://iporesult.cdsc.com.np/बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 10:36









