१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

भेपमा सुन तस्करी प्रकरण: छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

१९ मंसिर, काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । भेपमा सुन लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राहुल महरालाई बयानका लागि बाेलाएकाे हाे ।

आयोगले केन्द्रीय कारागार सुन्धारालाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन म‌ंगलबार पत्राचार गरेको हो। राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ १३ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १२:२४