१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा ७.२९ अंकको गिरावट, एक अर्ब पनि पुगेन कारोबार रकम

१७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२९ अकंले घटेर १८५१.२३ बिन्दुमा बन्द भएकोछ । आइतबार २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन माउन्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:११