२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा कसरी लाग्यो आगो ?

१७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको  ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार दिउँसो बोर्डिङ पास लिएर प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको हो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र त्यसलाई तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको प्रवक्ता साहले जानकारी दिए । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । आगो लागेपनि क्षति भने खासै नभएको उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १३:५६