१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेपाल हाइड्रो डेभलोपरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१७ मंसिर, काठमाडौं। नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश गरी ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि आगामी पुस १२ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले मंसिर २५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर २४ गतेसम्म  नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र साधारणसभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन पाउने छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १०:३०