६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

कर्जा लिएपछि तिर्नुपर्छ, बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस्ः गभर्नर अधिकारी

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्षमता अनुसार कर्जा लिन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कर्जा लिएपछि तिर्नुपर्ने बताउँदै व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने जनाए ।

उनले भने, ‘ ऋण लिएपछि तिर्नुपर्छ, त्यसैले ऋण लिने बेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।’ त्यस्तै, गभर्नर अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आग्रह गरेका छन् ।  ‘बैंकले ७ प्रतिशतमा पनि ऋण दिएको छ भने कसैलाई पनि १८ प्रतिशत ब्याज लिन दिएको छैन,’ उनले भने, ‘ कसैले १६/१८ प्रतिशत ब्याज लिएको छ भने गुनासो लिएर आउनुस् त्यो बैंकबाट तपाईबाट लिएको बढी ब्याज फर्ता गराउँछु ।’ गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए ।

साथै , उनले व्यवसायीका नेताहरु भेट्दा बैंकले १६/१८ प्रतिशत ब्याज लियो भनेर भन्दै हिड्ने गरेको भन्दै तथ्य बाहिर गएर गुनासो गर्दै नहिँड्न आग्रह समेत गरेका छन् । उनले मौद्रिक नीतिको समीक्षा ढिलो आउँदैमा कुनै समस्या नआउने पनि बताए । उनले मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न नसक्ने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १२:५४