चम्पावती हाइड्रोपावरले बोलायो साधारणसभा, आईपीओ निष्कासन गर्ने
१५ मंसिर, काठमाडाैं। चम्पावती हाइड्रोपावरले साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस ७ गते साधारणसभा बोलाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने छ । त्यसैगरी,सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १०:३८












