मञ्जुश्री फाईनान्सले घोषणा गर्यो लाभांश, नगद कति ?
१५ मंसिर, काठमाडौं। मञ्जुश्री फाईनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ को आधारमा ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १०:१७












