३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

१३ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने आज मंसिर १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १० गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको  आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ।

त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री गरेको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ। कम्पनीको आईपीओमा  मंगलबार साँझ ५ बजेसम्ममा १० लाख ५५ हजार ६३८ आबेदकहरुबाट १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बरबारको १ करोड १४ लाख ५३ हजार ९४० कित्ता सेयर माग भएको छ ।

प्रकाशित मिति : 09:50