१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजार १९०० अंकबाट तल झर्यो, कारोबार रकम एक अर्बमा खुम्चियो

१२ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २.१७ अंकले घटेर १८९४.५४ विन्दुमा बन्द भएको छ ।

सेयर बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ ।  आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस दिन नारायणी विकास बैंकका लगानीकर्ता सर्वाधिक गुमाएका छन् ।

सो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ । सोनापुर मिनिरल्स आज सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ५९ लाख बराबरको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १५:१४