२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?


१२ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा मंगलबार माथिल्लो त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि ८९ रूपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैयाँ १४ पैसासम्म ओपनिङ रेञ्ज  तोकेको छ। कम्पनीको स्टक सिम्बोल ‘टिभिसिएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली बुधबारदेखि कारोबारमा आउनेछ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १४:४१