१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गौशालामा प्रहरी र आन्दोलनकारीबीच झडप

११ मंसिर, काठमाडौं । काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग हाे ।

प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले उत्तेजक अभिव्यक्ति दिएरको भन्दै प्रहरीले पक्राउ गरेको छ । बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रसाईं नेतृत्वको महाअभियानले गत मंसिर ७ देखि विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १६:०१